म्यानमारमा ज्यान जोगाउन मानिसहरू गाउँ छाडेर भागे


काठमाडौं । क्रूर सैन्य शासकको आक्रमणबाट ज्यान जोगाउन म्यानमारका जनताहरू गाउँ छाडेर भागेका छन् । क्रूर सैन्य शासकको आक्रमणबाट ज्यान जोगाउन म्यानमारको करेन राज्यका १३ वटा गाउँ नै खाली गरेका मानिसहरु भागेका हुन् ।

म्यानमारकी नेपाली भाषी पत्रकार सुधाका अनुसार क्रूर सेनाले गरेको हवाई आक्रमणपछि उनीहरू गाउँ छाडेर भागेका हुन् ।मानिसहरू ज्यान जोगाउन मानिसहरू गाउँ छाडेर भागेपछि करेन राज्यका १३ वटा गाउँ नै खाली रहेको उनले बताइन् ।

‘अहिले गाउँमा कोही पनि छैनन् । सबै जना सीमाना रहेको थाइल्याण्डतर्फ भागेका छन् । क्रूर सेनाले गरेको हवाई आक्रमण पछि गाउँलेहरू भागेका हुन् । कतिपय मानिसहरू गुफामा छन् । कोही मकैबारीमा बसिरहेका छन् ।’, पत्रकार सुधाले लेखेकी छिन् ।

सत्ता कब्जा गरेकाे क्रूर सेनाले ३ हजार नागरिकको हत्या  गरिसकेको छ । जसमा ५ सय ३८ जना नानीबाबुहरूकाे हत्या भएको  सुधाले जनाइन् ।

म्यानमारमा अहिले सेनाले दमन गरेको छ । मारिनेमा शान्तिपूर्ण प्रदर्शनकारीदेखि निर्वाचित सांसदसम्म रहेको छन्  । गत बिहीबर र शुक्रबार सेनाले छापा मारेर घरमा आगो लगाउँदा धेरै मानिस जिउँदै जलेको पत्रकार सुधाले जनाएकी छिन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ