हात्तीपाईले राेगविरुद्धको औषधि खुवाउने अभियान आजबाट सुरु, यी ११ जिल्लाका उपयुक्तलाई औषधि खान आग्रह


काठमाडौं । आजदेखि देशका विभिन्न ११ जिल्लामा हात्तीपाईले राेग विरुद्धको औषधि खुआइँदैछ ।

स्वास्थ सेवा विभाग ईपिडिमियमेलाेजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाउन सुरु भएको छ।

हात्तीपाईले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियानमार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ ।

यो रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरू प्रयोग हुन्छन् । यी औषधिहरूले हात्तीपाईले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउँछ ।

यो औषधि को सेवन ले हात्तीपाईले रोग नलागेकाहरूलाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाईले रोगका लक्षणहरू नदेखिएपनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन् र औषधि अहिले खायो भने ती परजीवीहरु मर्छन् र भविष्यमा रोग देखिँदैन । दोस्रो कुरा औषधि सेवनका कारण तपाईंको शरीरमा भएका हात्तीपाईलेका परजीवीहरू अरु स्वस्थ्य मानिसको शरीरमा सर्दैनन् । तेस्रो कुरा समुदायमा कोहि व्यक्तिमा रोगका परजिवीहरु छन् र उहाले औषधि सेवन गरेमा लामखुट्टेले टोकेतापनि तपाइको शरीरमा ति परजिवीहरूबाट सार्न सक्दैनन् ।

यो औषधि कस कसले खानुपर्छ र खान हुँदैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा यो औषधि खान योग्य सबैले खानुपर्दछ।

त्यस्तै दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग को समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले यो औषधि खानु हुँदैन ।

सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवन भर चिकित्सीय उपचार सहायतामा बसेका बिरामीहरूलाई बुझ्नुपर्छ ।

कसले दिन्छ औषधि ?
यो रोग विरुद्धको औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले तपाईंको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि दिने गर्छन् ।

यो औषधि कहिले खाने त ?
यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तीहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । त्यसो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दैछ भन्ने बुझ्नु पर्छ । ती लक्षणहरू केहि घण्टामा आफैं हराएर जान्छन् । केही गरी लक्षणहरू लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ ।

यी जिल्लाहरूमा पटक पटक किन औषधि खानु परेको छ?
नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकिएको छ । तर, बाँकी १४ जिल्लामा औषधि खान योग्य सबैले नखाईदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत यी जिल्लाका बासिन्दामा रोग को दर अपेक्षाकृत रुपमा नघटेकाले यी जिल्लाहरूमा पटक पटक औषधि खानु परेको छ ।

यस बाहेक रसुवा जिल्लामा गत साल गरिएको रक्त नमूना सर्वेक्षणमा यस जिल्लामा हात्तीपाईले जनस्वास्थ्यको समस्याको रुपमा देखिएकाले यस वर्ष रसुवासहित ११ जिल्लामा औषधि सेवन सञ्चालन गरिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ