सातै प्रदेशमा निजामती अस्पताल खोल्ने तयारी


काठमाडौं । सरकारले सातै प्रदेशमा निजामती सेवा अस्पताल खोल्ने तयारी थालेको छ । यसका लागि प्रक्रिया अघि बढाउने तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जानकारी दिए ।

संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सामान्य प्रशासनमन्त्री मोदीले मुलुकका सातै प्रदेशमा निजामती सेवा अस्पताल खोल्ने गृहकार्य भइरहेको बताए । यसका लागि मन्त्रालयले आवश्यक तयार थालेको उनको भनाइ छ ।

अहिले काठमाडौंको बानेश्वरमा मात्र निजामती सेवा अस्पताल रहेको छ । बागमती प्रदेशका कर्मचारीलाई सहुलियतमा उपचार गर्न हेटौंडा अस्पतालसँग सिभिल अस्पतालले सम्झौता गरेको छ । अब भने प्रदेशस्तरमै निजामती सेवा अस्पाताल खोल्ने सरकारले तयारी गरेको हो ।

सेवा अस्पतालमा खेलाडी र चलचित्रकर्मीलाई उपचारमा ५० प्रतिशत छुट दिन पहल गर्ने पनि मन्त्री मोदीले सुनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ