सरकारबाट बाहिरिँदै एमाले, स्वास्थ्य मन्त्री गिरीले राजीनामा दिने


काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीको पद धरापमा परेको छ ।

सोमवार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेको तर्फबाट मन्त्री बनेकाहरूको पद धरापमा परेको हो ।

सकेसम्म सोमवारै मन्त्री गिरीले राजीनामा बुझाउने छन् ।

राष्ट्रपतिको निर्वाचनसम्म पर्खने भनेपनि परराष्ट्र मन्त्रीको विदेश भ्रमण रोकेपछि एमाले रुष्ट बन्दै सरकारबाट बाहिरिन लागेको हो ।

यो निर्णयसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुङ्गिने भएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

मन्त्री गिरीले स्वास्थ्यमा नयाँ आयाम ल्याउने आशा जागेको थियो । उनले काम गर्ने बलियो टिम नै बनाएका थिए । तर, राजनीतिक उतारचढावका कारण गिरीले सोचेका काम अधुरै रहने देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ