स्वास्थ्य मन्त्रालय कांग्रेसले पाउने नेतृत्व प्रकाशमानले गर्ने सम्भावना


काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिसँगै नेपाली कांग्रेस सरकारमा जाने तयारीमा लागेको छ ।  कांग्रेससँगै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने तरखरमा लागेका छन् ।

बालुवाटार स्रोतका अनुसार कांग्रेसले यस अगाडि एमालेले पाएका मन्त्रालयमा थप एउटा मन्त्रालय पाउने सम्भावना छ । कांग्रेसलाई गृह दिएर अर्थ मन्त्रालय आफूसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को इच्छा देखिन्छ । प्रधानमन्त्री दाहाल गृह र अर्थमध्ये एउटा मन्त्रालय जसरी पनि राख्ने पक्षमा भएकाले कांग्रेसले कुन पाउँछ भन्ने निश्चित भइसकेका छैन ।

यता गृह मन्त्रालयका नेकपा समाजवादीको पनि दाबी रहेको छ । समाजवादीले राजेन्द्रप्रसाद पाण्डेलाई गृहमन्त्री बनाउन खोजेको हो ।

कांग्रेसको भागमा यसअघि एमालेले लिएका स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, अर्थ, रक्षालगायतका मन्त्रालय पर्ने सम्भावना छ । अर्थको साट्टो गृह मन्त्रालय पाए कांग्रेसबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले पाउने सम्भावना छ ।

पूर्णबहादुर खड्का सरकारमा जान अनइच्छुक रहेकाले प्रकाशमानले नेतृत्व गर्ने सम्भावना बढेको हो ।

स्वास्थ्यमन्त्रीमा दिपक खड्का, प्रदीप पौडेललगायतको चर्चा छ । कांग्रेसबाट सरकारमा जान, आरजु राणा देउवा, प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेतलगायत दौडधुपमा लागेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ