स्वास्थ्य व्यवसायी परिषद र नर्सिङ परिषद रजिस्ट्रारबिहीन


काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल नर्सिङ परिषद रजिस्ट्रारबीहीन भएको छ ।

साउन २० मा नर्सिङ परिषदकि रजिस्ट्रार बिन्दा घिमिरेको ४ वर्षे पदावधि सकिएको थियाे । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म रजिस्ट्रार नियुक्ति राेकेर निमित्त रजिस्ट्रारकाे जिम्मेवारी सकुन्तला प्रजापतिलाई दिएकाे छ ।

यता स्वास्थ्य व्यवसायी परिषदका रजिस्ट्रार पुष्पराज खनालकाे पनि पदावधि सकिएको छ । ०७६ फागुनमा नियुक्ति भएकाे थियाे । उनकाे ११ गते अवधि सकिएको हाे ।

स्रोतका अनुसार अहिले दुई निकायमा नियुक्ति गर्ने काम अगाडि बढीको छ । स्वास्थ्यमन्त्री नभएको माैकामा प्रधानमन्त्री प्रचण्डले नियुक्ति गर्न लागेका छन् ।

परिषदकाे नियुक्तिका लागि टिप्पणी उठेकाे एक अधिकारीले जानकारी दिए । स्वास्थ्य व्यवसायी परिषदमा याेग्यता नपुगेका व्यक्ति नियुक्ति गर्न लागेका छन् । तर, ती व्यक्ति काे हुने खुलाइएको छैन । याेग्यता नपुगेकाे व्यक्ति नियुक्ति गरे विराेध हुने देखिएको छ ।

रजिष्ट्रारको पदमा नियुक्त हुन चाहिने योग्यता :
रजिष्ट्रारको पदमा नियुक्ति हुनको लागि स्नातकोत्तर वा सो भन्दामाथिको उपाधि हासिल गरी पाँच वर्षको अनुभव प्राप्त गरेको वा स्नातक वा सो सरहको उपाधि प्राप्त गरी दश वर्षको अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ