पूर्व स्वास्थ्य मन्त्री गिरीकाे ४२ दिनका उपलब्धी

पैयुँ गाउँपालिका र पर्वत जिल्ला अस्पतालमा दुई वटा पाेर्टेबल एक्सरे मेसिन सहयोग


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे ४२ दिनमा बाहिरनु पर्यो ।

केही गराै भन्ने साेच बनाउँदा बनाउँदै उनकाे उनकाे सपनाकाे डारी ४२ दिनमा छिनाे । यश बिचमा गिरीले जति उपलब्धी र मार्ग निर्देशका रेखा काेरेकाे बताएपनि काम केही हुन सकेन । गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।

४२ दिनमा मन्त्री गिरीले आफ्नाे जिल्लामा दुई वटा पार्टबल एक्सरे पठाएर उपलब्धिलाई संस्थागत गराउँन सफल भएका छन् । त्याे पनि धन्न कर्मचारीले मन्त्रीका लागि उपकरण सुरक्षित राखेका रहेछन् । श्राेतका अनुसार मन्त्रीले पर्वत जिल्लाको पैयुँ गाउँपालिका र जिल्ला अस्पताल पर्वतमा उक्त पाेर्टेबल एक्सरे मेसिन पठाउँन सफल भएका छन् ।

याे बाहेक मन्त्रीले केही गर्न सकेनन् । अर्काे राम्रोकाम कर्मचारीकाे सरुवा गर्न भ्याएनन् । सरुवा लिस्ट बनाउँदा बनाउँदै आफैले मन्त्रीबाट हात धुन पुगे । यश अघिका मन्त्रीले मन्त्रालय सम्हालेकाे १५ दिन पुग्न नपाउँदै शाखा महाशाखाका निर्देशक सरुवा गर्दै आएका थिए । तर, गिरीले स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा संजय कुमार ठाकुर, यसाेधा अर्यालकाे सरुवा गरे । याे सरुवा स्वास्थ्य सुधारका लागि जरुरी थियाे । तर, उनले गरेकाे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालकाे निर्देशक परिवर्तन भने विवादमा पराे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ