विराटनगरमा आयोजित नेपाल चिकित्सक संघको कार्यक्रममा कसले के भने ?


विराटनगर । नेपाल मेडिकल एसोसियसनद्वारा आयोजित २९ औ ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’मा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीदेखि डा. लोचन कार्कीसम्मले सम्बोधन गरेका छन् ।

नेपाल मेडिकल एसोसियसन विराटनगर शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरुले विभिन्न अभिव्यक्ति दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जनताको स्वास्थ्य सुधारका क्षेत्रका चिकित्सक संघले गरेका कार्यमा सहकार्य गर्न प्रदेश सरकार सधै सकरात्मक हुने बताए। विराटनगर औधोगिक क्षेत्र मात्र हैन मेडिकल सिटीका रुपका विकास हुँदै गएको बताए।

उनले चिकित्सक संघको योजनामा रहेको मेडिकल म्युजियम विराटनगरमा बनाउन आग्रह गर्दै त्यसका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रविबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निवर्तमान अध्यक्ष डा. लोचन कार्कीको खुलेर प्रशंसा गरे । उनले नवनिर्वाचित अध्यक्ष डा. अनिल कार्कीलाई शुभकामना दिँदै सहकार्यलाई थप प्रगाढ बनाउने बताए ।

नवनिर्वाचित अध्यक्ष डा. अनिल बिक्रम कार्कीले चिकित्सकीय सुरक्षा पनि अहिले उठाउनु पर्ने वेला भएको बताए ।  उनले स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक भन्ने नारा पूरा गर्न लागिपर्ने धारणा राखे । मेडिकल दुरिजममा आफूले विशेष अभियान सञ्चालन गर्ने अध्यक्ष डा. कार्कीको भनाई छ ।

इन्डियन मेडिकल एसोसियसनका अध्यक्ष डा शरद कुमार अग्रवालले भारतमा भइरहेका राम्रा अभ्यासबाट नेपालले धेरै सिक्न सक्ने बताए । उनले प्रविधि र उपकरणको प्रयोगले स्वास्थ्यमा धेरै सुधार गर्न सकिने जानकारी दिए।

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा लोचन कार्कीले संघको स्थापना भएको भूमि विराटनगरमा यो कार्यक्रम गर्न पाएकोमा खुशी ब्यक्त गरे । उनले कोभिड महामारीसंगै शुरु भएको आफ्नो कार्यकालमा गरेको कामहरुको चर्चा गरे ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ