२९ औं ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ आज सकिँदै


विराटनगर । नेपाल मेडिकल एसोसियसनद्वारा आयोजित २९ औं ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ आज सकिँदै छ ।

बिहीबारदेखि विराटनगरमा सुरु भएको ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ आज सम्पन्न हुन लागेको हो । बिहीबार उद्‌घाटन भएको सम्मेलनमा शुक्रबार विभिन्न विज्ञहरूले धारणा राखेका थिए ।

बैंकर्स अनिल केसरी शाहदेखि महावीर पुनसम्म सम्मेलनमा सहभागी भएर आफ्नो अनुभव बाँडेका छन् । डा. भगवान कोइरला, डा. लोचन कार्की, स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेललगायतको अर्थपूर्ण सहभागिता रह्यो । सम्मेलनले स्वास्थ्य क्षेत्रमा नयाँ नीति बनाउन सरकारलाई सहज बनाउने विश्वास लिइएको छ ।

उक्त सम्मेलनको उद्‌घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । सम्मेलन सफल पार्न नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, सचिव डा. जुविन सिलवाललगायतको महत्वपूर्ण भूमिका रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ