स्वास्थ्य सेवालाई अनुसरण गर्दै निजामती कानून

उमेर हद ६० वर्ष, तहगत प्रणाली लागू हुँदै


काठमाडौं । संघीय निजामती सेवा कानुन स्वास्थ्य सेवाको जस्तै बन्ने भएको छ । स्वास्थ्यलाई निजामतीमा गाभ्न खोजिएको भनेर विरोध भइरहँदा निजामती सेवा चाहिँ स्वास्थ्य सेवा जस्तो बनाउन खोजिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष बनाउन प्रस्ताव गरिएको बताए । उनले प्रशासन विट हेर्ने पत्रकारहरूसँगको छलफलमा यस्तो जानकारी गराएका हुन् ।

त्यस्तै श्रेणीगत प्रणालीमा आधारित निजामती सेवालाई स्वास्थ्यमा जस्तै तहगत प्रणालीमा लान खोजिएको उनको भनाइ छ । स्वास्थ्य सेवामा ६० वर्ष उमेर हद र तहगत प्रणाली रहेको छ । यो व्यवस्था लागू भए निजामती सेवा पनि स्वास्थ्य सेवा जस्तै हुनेछ । निजामती सेवाले स्वास्थ्य सेवालाई अनुसरण गरेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ