पहिलाे “महिला स्वास्थ्य सम्मेलन” मा ५०% महिला सहभागीता (यस्ताे छ सहभागीता)


काठमाडौं । नेपालमा भएको पहिलाे महिला स्वास्थ्य सम्मेलनमा ५०% महिलाकाे सहभागीता रहेकाे छ ।

महिलालाई केन्द्रीत गरेर आयोजना गरिएको कार्यक्रममा ५०% उपस्थितिमा पुरुषकाे हिस्सा रहेकाे छ । तर, ५०% महिला सहभागीता हुनु सकारात्मक पाटाे हाे ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकाे आयाेजना र विभिन्न साझेदार सस्थाहरूकाे प्रायाेजनमा दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरु भएकाे हाे ।

याे कार्यक्रमकाे अवधारणा आड्राले ल्याएको हाे । उसकाे अवधारणालाई सबै साझेदार सस्थाले स्विकार्दै सम्मेलनमा परिणत भएकाे हाे । आड्राले नेपालकाे महिला स्वास्थ्यकाे क्षेत्रमा उल्लेख्य काम गर्दै आएकाे छ ।

सम्मेलन, महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित रहनेछ । सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू हुनेछन् ।

हेरौं तस्वीरमा:

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ