पहिलाे महिला स्वास्थ्य सम्मेलनमा स्वास्थ्यकी महिला सचिव नै अनुपस्थित


काठमाडौं । पहिलाे महिला स्वास्थ्य सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे महिला सचिव देवकुमारी गुरागाईं नै अनुपस्थित भएकी छिन् । काठमाडौंमा आजबाट सुरु भएको महिला स्वास्थ्य सम्मेलनको उद्‌घाटन समारोहमा स्वास्थ्यकी महिला सचिव नै अनुपस्थित भएकी हुन् ।

स्वास्थ्यमा माख्खो मार्न नसकेको आरोप खेपेकी सचिव गुरागाईं महिला स्वास्थ्य सम्मेलनमा उपस्थित नहुँदा धेरै महिला स्वास्थ्यकर्मी हरूले चित्त दु:खाएका  छन् । उक्त सम्मेलनमा उपस्थित भएर हौसला बढाउनु पर्नेमा उनी कार्यक्रममा सहभागी हुन अनइच्छा प्रकट गरेकी हुन् । सचिव गुरागाईं यस्ता कार्यक्रममा हिँड्न नरुचाउने गरेको स्वास्थ्यका अधिकारीहरू  सुनाउँछन् । ‘नतिजा दिन नसकेपछि विज्ञ सहभागी हुने कुनै कार्यक्रममा उनकाे उपस्थिति हुँदैन’, अधिकारीहरु भन्छन् ।

यसअघि महिला हिंसा विरुद्धको १६ दिने अभियानमा आफ्नै मन्त्रालयले राखेकाे कार्यक्रममा पनि स्वास्थ्यकी महिला सचिव गुरागाईं सहभागी भइनन् । सम्बन्धित सचिवले बहिस्कार गरेपछि दातृनिकाय र आमन्त्रितहरुकाे इज्जत जाेगाउँन आयाेजकहरू डा. राेशन पाेखरेल गुहार्न पुगेका थिए । सचिव गुरागाईंको अपरिपक्व कदमले स्वास्थ्यमा निराश हुनु काम मात्र भएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ