महिला स्वास्थ्यकाे क्षेत्रमा बजेट बढाऔं : मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले महिला स्वास्थ्यको क्षेत्रमा बजेट बढाउन आग्रह गरेकी छन् ।

आजबाट काठमाडौंमा सुरु भएको पहिलो महिला स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले महिला स्वास्थ्यको क्षेत्रमा बजेट बढाएर काम गर्ने बताइन् ।

उनले भनिन्, ‘सम्मेलनमा आएकाे सुझावलाई लिखित रुपमा हामीलाई पनि दिनु हाेला बजेट निर्माणकाे चरणमा समावेश गराउँनेछाैं ।’

महिला स्वास्थ्यका क्षेत्रमा राज्य र राजनितीकर्मीकाे ध्यान नगएको भन्दै उनले महिलाकाे अधिकारलाई जाेडदारका रुपमा उठाइएको उल्लेख गरिन् ।

उनले थपिन्, ‘मातृ मृत्युुदर घटेकाे छ, जुन सकारात्मक पक्ष हाे । गाउँ घरमा अझै महिलाकाे स्वास्थ्य अवस्था जाेखिममा छ । महिलामा समर्पण ज्याद आफ्नाे प्रती साेच्ने क्षमता कम छ । म मन्त्री छु तर ध्यान घर परिवार प्रति छ ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ