मितिनी नेपालद्वारा “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महिलाहरूको अवस्था विश्लेषण र दस्तावेजीकरण” का लागि ज्ञापन पत्र बुझाइयो


काठमाडौं । मितिनी नेपालले “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महिलाहरूको अवस्था विश्लेषण र दस्तावेजीकरण” का लागि गोष्ठी सम्पन्न गरेको छ ।

मितिनी नेपालकी फिल्ड अफिसर सुनिता पौडेलको नेतृत्वमा गण्डकी प्रदेशको देवघाट गाँउपालिकाको कार्यालय, देवघाट तनहुँ गाँउपालिकाका अध्यक्ष तिल बहादु थापालाई  ज्ञापनपत्र हस्तान्तरण समेत गरेको छ ।

ज्ञापनपत्र बुझाउने समुहमा सुनिता पौडेल, सुकमाया मगर, नविना गुरुङ, निर्मला बास्तोला र कमला गुरुङ रहेका थिए ।

नेपाल सरकारको ध्यानाकर्षण गर्न मितिनी नेपालले गत माघ १६ र १७, २०७९ मा बागमती प्रदेशको काठमाडौंमा ७ वटै प्रदेशको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महिलाहरूको उपस्थितीमा “यौनिक तथा लैङ्गिक अल्पसंख्यक महिलाहरुको अवस्था विश्लेषण र दस्तावेजीकरण” सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

कार्यशाला गोष्ठीबाट सङ्कलन गरिएका सुझावहरूको आधारमा तयार पारिएको ज्ञापनपत्रमा समुदायको विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्न स्थानीय तहको सरकारले आगामी योजना तथा कार्यक्रममा समुदायलाई पनि प्राथमिकता दिनुपर्ने र सोही अनुसार कार्यक्रम तर्जुमा र अन्य व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ज्ञापनपत्र बुझाइएकोमा गाँउपालिका अध्यक्ष  तिल बहादुर थापाले समुदायलाई धन्यवाद व्यक्त गर्दै खुशी व्यक्त गरेका थिए ।

उनले आफूले समुदायको लागि काम गर्ने सङ्घसंस्थाहरू भएको थाहा पाएको तर पहिलो पटक समुदायलाई भेटेको बताए । साथै समुदायको लागि साथ र सर्पोर्ट सँधै रहने र आगामी दिनमा समुदायलाई लक्षित गर्दै कार्यक्रम गर्ने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ