प्रहरी अस्पतालको शिशु स्याहार केन्द्र, १७ जना बच्चा हेर्ने ८ जना कर्मचारी


काठमाडौं । २०७६ साल वैशाख ५ गतेबाट सुरु भएको शिशु स्याहार केन्द्रले प्रहरी सेवामा कार्यारत महिला कर्मचारीलाई ठूलो राहत मिलेको छ । प्रहरी अस्पतालकी प्रमुख डा. आशा सिंहका अनुसार ३ सयको आसपासमा प्रहरी अस्पतालमा महिला कर्मचारी रहेका छन् । उनिहरू मध्येका गरी १५ देखि १७ जना शिशु छन् । उनिहरूको रेखदेख गर्ने ८ जना कर्मचारी पनि प्रहरी अस्पतालले राखेको छ ।

देश सङ्घीय संरचनामा छ । तीन तहका कर्मचारी छन् । सङ्घ, प्रदेश र स्थानिय गरी निजामती सेवा तर्फ १ लाख ३७ हजार दरबन्दी रहेको छ । हाल निजामतीमा ८८ हजार ५ सय ५८ जना सेवामा कार्यारत छन् । यस मध्ये २३ हजार ५ सय ५८ जना महिला कर्मचारी छन् ।

निजामती किताब खानाको तथ्याङ्क अनुसार प्रशासन तर्फभन्दा प्राविधिक तर्फ धेरै जनशक्ति रहेको छ । तथ्याङ्क अनुसार महिला २६ दशमलव ५९ प्रतिशत निजामतीमा आवद्ध छन् । सिंहका अनुसार नेपाल प्रहरी अस्पतालमा भने सुरुमै यसको आवश्यकता महशुस गरेर ०७६ सालबाटै सञ्चालनमा ल्याएको हो । शिशु स्याहार केन्द्र सञ्चालनले कर्मचारी र सस्थाको कामलाई पनि ठूलो राहत मिलेको छ । प्रहरी अस्पतालमा डा.आशा सिंहको अगुवाइमा शिशु स्याहार केन्द्र खोलिएको थियो ।

अस्पतालमा बाहेक अन्य क्षेत्रमा पनि महिलाहरूको उपस्थिति उल्लेख्य रहेको अधिकारीहरू बताउँछन् । अस्पताल बाहेक हरेक कार्यालयमा ३० देखि ५० जनासम्म महिला कर्मचारी कार्यारत छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हरेक वर्ष ६ लाख महिला सुत्केरी हुने गरेका छन् । निजामती सेवा वा निजी क्षेत्रमा काम गर्ने कति महिला सुत्केरी हुन्छन् भन्ने यकिन विवरण कसैसँग छैन । तर, एउटा कार्यालयमा औसतमा ५ जना महिला सुत्केरी भएर घरमा बसेको हुन सक्ने अधिकारीहरू बताउँछन् ।

२६ दशमलव ५९ प्रतिशत महिला निजामतीमा आवद्ध हुँदा पनि अधिकाश कार्यालयमा शिशु स्याहार केन्द्र छैन् । देशको अवस्था झल्कने एउटा निकै महत्वपूर्ण सर्वेले क्रमश ः पूर्ण स्तनपान दर घटिरहेको देखाएको छ । यसको सुधार गर्न हरेक निजी तथा सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको स्थापना हुनुपर्छ । तर, देशका अपबाद बाहेक कुनै कार्यालयमा शिशु स्याहार केन्द्र छैन ।

अपवाद मध्ये सिंहदरबार भित्र, प्रहरी अस्पताल, ट्राफिक प्रहरी कार्यालय लगायत केही निकायमा शिशु स्याहार केन्द्र संचालनमा रहेको छ । यी निकायमा सुविधा सम्पन्न शिशु स्याहार केन्द्र सञ्चालनमा छ । कर्मचारीले ढुक्कले शिशु बिहान ल्याएर छाढ्ने गरेका छन् ।

प्रजनन् स्वास्थ्यको चर्को भाषण गर्ने स्वास्थ्य मन्त्रालय र परिवार कल्याण महाशाखामा समेत शिशु स्याहार केन्द्र छैन । केन्द्रको अभावमा उक्त महाशाखाका कर्मचारी नै सुत्केरी भएर घरमा बसिरहेका छन् ।

एउटा महिला सुत्केरी भएपछि ९० दिन अर्थात् ३ महिना नियम अनुसार बिदा पाउँछ । तर, त्यस पछि घर छाडेर महिलाहरू अफिसको काममा फकर्ने गर्छन् । कार्यालयहरूमा शिशु स्याहार केन्द्रको स्थापना भएको खण्डमा ९० दिन पछि बच्चालाई सोही केन्द्रमा राखेर आमाले अफिसको काम सहज रुपमा गर्न सक्छिन् । साथै शिशुले पनि पूर्णरुपमा स्तनपान गर्न पाउँछ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण भन्छ, ‘पाँच वर्षको अन्तरालमा पूर्ण स्तनपान दर १० प्रतिशतले घटेको छ ।’ अध्ययनअनुसार सन् २०१६ मा ६६ प्रतिशतमा झरेको पूर्ण स्तनपान सन् २०२२ सम्ममा पुग्दा ५६ प्रतिशतमा ओर्लिएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार सन् १९९६ मा पूर्ण स्तनपानदर ७५ प्रतिशत थियो । त्यसैगरी, सन् २००१ मा ६८ प्रतिशत, सन् २००६ मा ५३ प्रतिशत, सन् २०११ मा ७० प्रतिशत पूर्ण स्तनपान गराउनेको सङ्ख्या थियो । तर, फेरि यही दर सन् २०१६ मा घटेर ६६ प्रतिशतमा झरेको थियो भने सन् २०२२ सम्म आइपुग्दा घटेर ५६ प्रतिशतमा आइपुगेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ