क्षयरोग अन्त्य गर्ने सम्मेलन काठमाडौंमा


काठमाडौं । दक्षिण-पूर्वी एसिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न प्रभावकारी सामुदायिक संलग्नताका लागि क्षमता विकास सम्बन्धी तीन दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयको आयोजनामा सुरु भएको कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य सङ्गठन दक्षिण-पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायको संलग्नता र सशक्तिकरण महत्त्वपूर्ण हुनेमा जोड दिइन् ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कुनै पनि जनस्वास्थ्य कार्यक्रम सफलताका लागि सामुदायिक संलग्नता महत्त्वपूर्ण हुने र लक्षण पहिचान तथा समुदायमा क्षयरोगीहरू पहिचान गर्न समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यशालामा दक्षिण-पूर्वी एसिया क्षेत्रका नौ देशका नागरिक समाजका प्रतिनीधिहरू सहभागी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ