माओवादीको नाम बेचेर भिसि पड्काउने दाउमा डा. थापा


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति प्राध्यापक डाक्टर डिएन शाहको चार वर्षे कार्यकाल सकिएको छ । उपकुलपति प्राडा शाहको चार वर्षे कार्यकाल फागुन ३० गते सकिएसँगै नयाँ उपकुलपतिका लागि दौडधुप सुरु भएको छ ।

उपकुलपतिका लागि योग्य छु भन्नेहरू नेताको घरदैलो चाहर्न थालेका छन् । कतिपय प्रतिस्पर्धाको दौडमा रहेका चिकित्सक आफ्नो पक्षमा निर्णय गराउँन पार्टी परिवर्तन गर्न समेत चिकित्सक पछि परेका छैनन् ।

बजारमा देखिएका हल्लाहरूलाई मान्ने हो भने माओवादी र काँग्रेस निकट चिकित्सकहरूको उपकुलपतिका लागि दौडधुप तीव्र छ । पार्टीको टिको लागेका चिकित्सक दौडमा लाग्नु स्वभाबिक हो तर, फरक पार्टीको व्यक्ति पदका लागि अर्काे पार्टीको नाम लिएर दौडिनु चै अश्वभाविक छ ।

हालसम्म प्रा.डा. भुपेन्द्रकुमार बस्नेत, प्रा.डा. बुलन्द थापा, डा.गुणराज लोहनी, डा. दिपक थापा, डा. रतिन्द्र श्रेष्ठ र डा. सुवोध अधिकारीले उपकुलपति बन्ने दौडमा छन् । तर, सबैलाई पछि पार्दै डा.दिपक थापा भने निमित्त उपकुलपति पड्काउन खोजेका छन् । एमाले निकट मानिएका थापा अहिले माओवादीको नाम बेचेर हिँडेका छन् ।

स्रोतका अनुसार थापा एमाले नभइ आफू माओवादीको मान्छे भएको दाबी गर्दै हिडेका छन् । तर, उनी माओवादीको कुनै पनि सपङ्गठनमा नभएको माओवादी निकट चिकित्सक स्वास्थ्यकर्मी बताउँछन् ।

एमाले निकट मानिएका डा. जागेश्वर गौतम यश पटक न्याम्सको उपकुलपति हुने अनुमान गरिएको थियो । तर, ४२ दिनमै स्वास्थ्यमन्त्री तथा सह कुलपति सत्ताच्युत भएपछि एमाले सरकारबाट बाहिरिन पुग्यो भने डा. गौतमको सपना पनि विपनामा परिणत हुन सकेन ।

एमालेबाट उपकुलपति हुन नसके पछि डा. थापालाई माओवादी ट्याग लगाएर भिसिमा बाजी मार्ने पक्षमा एमाले निकट चिकित्सकहरू देखिएका छन् । माओवादीबाट डा. बुलन्द थापा प्रतिस्पर्धामा छन् । त्यस्तै काँग्रेसबाट डा भुपेन्द्र बस्नेत छन् ।

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार न्याम्सको उपकुलपतिका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्राध्यापक वा मान्त्रालय सम्बद्ध निकायमा कम्तीमा एघारौं तह वा सो सरहको पदमा काम गरेको हुनुपर्ने छ ।

अहिले उपकुलपतिको दौडमा रहेका डा. भुपेन्द्र बस्नेत सबैभन्दा अब्बल व्यक्ति मानिन्छन् । उनी पटक पटक वीर अस्पतालको निर्देशक भएका छन् । प्रशासनिक क्षमता अब्बल भएका उनले कोरोनाकालमा सहजै जिम्मेवारी पार लगाएका थिए ।

वीरको सर्जिकल भवनबाट अत्याधुनिक सेवा सुरु गरेका छन् । उनको पालामा सेवाहरुको विस्तार व्यापक भएको छ । नागरिकको स्वास्थ्य सेवा र कर्मचारीको सुविधालाई केन्द्रमा राख्ने बस्नेतलाई वीरका सबै संगठनले साथ दिएका छन् ।

वीरमा दुई दर्जन बढी पार्टीगत संगठन छन् । तर, उनको पालामा क्यान्सर उपचारका लागि ४० करोड रुपैयाँमा खरिद गरेको टोमोथेरापी मेसिन ल्याएर पनि संचालन  गर्न नसक्नु उनको ठूलो कमजोरी हो । यसमा धेरैले भ्रष्ट्चार गरेको आरोप समेत लगाउँदै आएका छन् । बलम्बुमा थन्किएर रहेको उक्त टोमोथेरासी बिग्रिए पछि कम्पनीले पुन नयाँ दिने भन्दै प्रक्रिया अगाडी बढाइसकेको छ ।

माओवादी निकट मानिएका डा. बुलन्द थापा वीर र राष्ट्रिय ट्रमा सेन्टरमा गरी दुई पटक निर्देशक भइसकेका छन । हक्कि स्वभावका थापा न्याम्सलाई चाहिने व्यक्ति हुन् । उनले मन्त्री सांसदलाई पनि अनावश्यक काममा डिस्टव नगर्न उर्दी जारी गर्थे । काम गर्ने मान्छे विादमा पर्छ भन्ने जस्तो थापा पनि नेतृत्वमा रहदा विवादमा तानिएका थिए ।

बिरामीको उपचारमा लापरबाही गरेको भन्दै बिरामी पक्षलाई ९ लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको थियो । त्यस्तै माओवादी निकट भनेर नै चिनिएका डा रतिन्द्र श्रेष्ठ पनि विवादित व्यक्ति हुन् । अझ उनि त न्याम्सभन्दा बाहिरका हुन् । न्याम्समा बाहिरको व्यक्ति स्वीकार नगर्ने भन्दै सबै सङ्गठन एक भएका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्था आइओएमको सहायक डिन हुँदा प्रश्नपत्र बेचबेखिनमा संलग्न रहेको प्रमाण तत्कालिन समयमा जयराम गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले फेला पारेको थियो । उनीसहित तत्कालिन समयका पदाधिकारीलाई गिरी संयोजक रहेको समितिले कारबाही सिफारिस गरेको थियो । उनलाई न्याम्सको उपकुलपति भन्दा पनि सिफारीस अनुसार कारबाही जरुरी देखिएको छ । डा.श्रेष्ठ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर हुँदा पनि विवादै विवादमा मुछिएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ