बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वकाको मत लिँदै, स्वास्थ्य कांग्रेसको भागमा


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभाबाट आज विश्वकाको मत लिँदैछन् । सत्ता साझेदार राप्रपालगायतले साथ छाडेपछि उनले आज विश्वासको मत लिन खोजेका हुन् । स्वास्थ्य, अर्थ जस्ता मन्त्रालयको जिम्मेवारी सम्हालेको एमाले पनि सरकारबाट बाहिरिने तरखरमा रहेपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन हतार गरेका हुन् ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका दलले विश्वासको मत दिने तयारीमा छन् ।
नेपाली कांग्रेस अर्थ, स्वास्थ्यसहितका मन्त्रालय लिएर बागमती प्रदेश सरकारमा सहभागी हुन खोजेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुन खोजेको कांग्रेस प्रदेशमा पनि सरकारमा जान लागेको हो ।
संघमा कांग्रेसले अर्थ, स्वास्थ्य, उद्योगलगायतका मन्त्रालय पाउने सम्भावना छ । प्रदेशमा पनि कांग्रेसको भागमा अर्थ, स्वास्थ्य, उद्योगलगायतका मन्त्रालय पर्ने देखिन्छ ।
बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीमा आलोपालो खोजेको छ । कांग्रेसले आधा कार्यकाल बागमती प्रदेशको सरकारको नेतृत्व गर्न खोजिरहेको बुझिन्छ । यो विषयमा कांग्रेसले अडान लिने सम्भावना छ ।
संघीय सरकार पनि आलोपालो प्रणालीमा जाने निश्चित जस्तै भएकोले कांग्रेसले प्रदेश सरकारमा पनि त्यस्तै कुरा खोजेको हो ।
कांग्रेस संसदीय दलका नेता बहादुर सिंह तामाङ सरकारको नेतृत्व गर्ने अवस्था खोजिरहेका छन् । कांग्रेसले विश्वासको मत लिन हतार गर्न नहुने अडान राखेको छ । कांग्रेसको अडान कायम रहे र ठोस सहमति नभए मुख्यमन्त्री जम्मकट्टेलले आज लिने तय भएको विश्वासको मतको कार्यतालिका प्रभावित हुन सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ