लायन्स क्लब अफ काठमाडौं रेडियन्स अ स्पेसियालिटी क्लब अफ मेडिकल डक्टर्सको नयाँ कार्यसमिति चयन
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं रेडियन्स अ स्पेसियालिटी क्लब अफ मेडिकल डक्टर्सको अध्यक्षमा डा.रविन बस्नेत सर्वसम्मतले निर्वाचित भएका छन् ।
११ सदश्यीय कार्यसमितिको पहिलो उपाध्यक्षमा डा. एलिना कार्की, दोस्रो उपाध्यक्षमा डा. एलिसा महर्जन र तेस्रो उपाध्यक्षमा डा. एकराज दाहाल निर्वाचित भएका छन् ।
यस्तै सचिवमा डा. मनिष थापा, कोषाध्यक्षमा डा. रेश्मा ढकाल लामिछाने, सह सचिवमा डा. अन्जली साह, सह कोषाध्यक्षमा डा. राकेश साह, सर्भिस प्रमुखमा डा. किरण डोजु, मार्केटिङ प्रमुखमा डा. शिवानन्द साह र मेम्मरसिप प्रमुखमा डा. सुजित श्रेष्ठ चयन भएका छन् ।
लायन्स क्लब अफ काठमाडौं रेडियन्स अ स्पेसियालिटी क्लब अफ मेडिकल डक्टर्समा एक सयभन्दा बढी विशेषज्ञ चिकित्सक आवद्ध रहेका छन् ।
नयाँ कमिटिको कार्यकाल एक वर्षको हुनेछ। संस्थामार्फत चिकित्सकहरूले पनि सामाजिक कार्यमा योगदान गर्न सक्ने भन्दै उक्त कमिटि गठन गरिएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस