स्वास्थ्यमा बेरुजु 

४ सय रुपैयाँ पनि बेरुजु राख्ने ‘गतिछाडा’ कर्मचारी  (चिनौं ७३ जना)


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वर्षौं अगाडीदेखि व्यक्तिका नाममा रहेको बेरुजु अझै फर्छ्यौट भएको छैन । वि.सं. २०६१ सालदेखि हालसम्म आइपुग्दा ७३ जना कर्मचारीको नाममा बेरुजु रकम छ । कतिपयको ठेगाना पत्ता लगाउँन सकिएको छैन । पत्ता लागेकाहरूले तिरेका छैनन् ।

महिलामा २० हजारभन्दा बढी तलव खानेहरूको नाममा बेरुजु देखिएको छ । स्वास्थ्य लाइभले पाएको विवरण अनुसार ७३ जना कर्मचारीको नाममा ८९ लाख ६७ हजार ७ सय ५६ रुपैयाँ बेरुजु रहेको छ ।

कहिले तिर्लान् भनेर स्वास्थ्य मन्त्रालय कुरेर बसेको छ । वर्षौं अगाडी देखिएकाले कसलाई कुन ठेगानामा पत्रचार गर्ने भन्ने समेत समस्या मन्त्रालयका अधिकारीहरूमा देखिएको छ ।

गज्जब त के छ भने, हजारौं तलब खाएर ४ सय रुपैयाँ समेत तिर्न नसक्ने ‘गतिछाडा’ कर्मचारीले बदनामी निम्त्याएका छन् । बेरुजु देखिनु कुनै पनि कोणबाट राम्रो मानिदैन । सबैभन्दा कम बेरुजु पियन बलदेव चौधरीको रहेको छ । ०६१ सालदेखि उनको नाममा ३३० रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै प्राध्यापक रामशरण पाठकको नाममा ०६१ देखि ४ सय रुपैयाँ बेरुजु छ ।

नायब सुब्बा शिवहरी थापाको नाममा ४ सय ५० रुपैयाँ बेरुजु छ । तथ्याङ्क अधिकृत झविन्द्र पाण्डेको नाममा ४ सय रुपैयाँ बेरुजु छ । त्यस्तै तथ्याङ्क अधिकृत रविन्द्र केसीको नाममा ८ सय रुपैयाँ बेरुजु छ । उत्तम कुमार श्रेष्ठको नाममा ०७३ देखिको ७ सय ५० रुपैयाँ बेरुजु छ । यता बसन्त अधिकारीको नाममा ७३ देखि ७ सय ५० रुपैयाँ बेरुजु छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार १७ वर्षदेखिको बेरुजु उल्लेख गरिएको छ । यसबीचमा धेरै कर्मचारीले सेवाबाट अवकाश पाइसकेका छन् । व्यक्तिले सेवाबाट अवकास पाएपनि बेरुजुले अवकास पाउँदैन ।

उपलब्ध स्रोत र साधनलाई नियमित, मितव्ययी, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटी वा अनियमितता नै बेरुजु हो ।

उपलब्ध स्रोत र साधनलाई नियमितता,मितव्ययिता,कार्यदक्षता ,प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटी वा अनियमितता नै बेरुजु हो ।

अधिकारीहरू भन्छन्, बेरुजु भन्नाले आन्तरिक लेखा परीक्षण वा अन्तिम लेखा परीक्षणबाट देखिएको वा ठहरिएको कुनै सरकारी आर्थिक कारोबारको अनियमित रकमलाई सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ ।

बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो । तर, बेरुजु निस्कँदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न सकिँदैन । यसलाई जतिसक्यो छिटो नियमित गरिनुपर्दछ स्वास्थ्यका अधिकारीहरू भन्छन् ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ