तथ्यमा आधारित स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘द यती शो’ को सयौं श्रृङ्खला पूरा


काठमाडौ। स्वास्थ्य सम्बन्धी वैज्ञानिक तथा जानकारी मुलक भिडियो अन्तरवार्ता कार्यक्रम ‘द यती शो’ को १०० श्रृङ्खला पूरा गरेको छ।

डा. जया सत्यालले सञ्चालन गर्दै आएको उक्त कार्यक्रम फेमेली हेल्थ नेपालको प्रोडक्सन तथा यूट्युवबाट प्रसारण गरिन्छ । कार्यक्रममा ‘इभिडेन्स बेस्ड’ स्वास्थ्का विषयमा अन्तरवार्ता लिने गरिन्छ ।

कार्यक्रममा फेमेली हेल्थ नेपालका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तले फ्याम्ली हेल्थले झापाको एउटा सहकारीका ४ हजार सदस्यबाट मिनि स्वास्थ्य इन्स्योरेन्सबाट सुरु गरिएको बताए ।

डाक्टर पन्तले इभिडेन्स बेस्ड स्वास्थ्को एउटा भिडियो कार्यक्रमका रुपमा परिकल्पना गरिएको भन्दै अहिलेसम्म १०० भागमा डाक्टरको दृष्टिबाट मात्र गर्न सकिएको र अब बिरामीको दृष्टिबाट पनि कार्यक्रमहरू बनाइने जानकारी दिए ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले तथ्यमा आधारीत स्वास्थ्यका विषयलाई अन्तरवार्ताका रुपमा प्रस्तुत गरी सूचना प्रसार गरेकोमा खुशी व्यक्त गरे ।

उनले अनुसन्धान विनाका तर्क केवल गफ हुने भएकाले इभिडेन्स बेस्ड तर्फ गर्ने अभ्यास सबै एकेडेमिकहरूले गर्नु पर्ने बताए।

उक्त कार्यक्रमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्त बहादुर केसीले मानिसलाई सहि सूचना दिनु तथा लिनु सबैको कर्तव्य भएको बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ