काेराेना बढेका बेला पूर्व स्वास्थ्यमन्त्री थापाकाे कारण स्वास्थ्यमन्त्री नियुक्ति अड्कियो


काठमाडौं । कोरोनाको मारबाट थालिएको र अनेक योजनाहरू तत्काल कार्यान्वयन गर्नुपर्ने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालय लामो समयदेखि मन्त्रीविहिन छ ।

पुन काेराेना बढेकाे छ । काेराेना पाेजेटिभ देखिएकाले कतिपय ठुला अस्पतालले बिरामी लिन छाडेका छन् । पाटन स्वास्थ विज्ञान प्रतिष्ठानले संकृमित बिरामी फिर्ता गर्न थालेकाे जानकारीमा आएकाे मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्यमन्त्री नियुक्त नहुनुमा प्रधानमन्त्री पुष्पकमल दाहालको कमी कमजोरी भन्दा कांग्रेस पार्टी भित्रको शेखर-गगन गुट र सो मा पनि मुख्यतः महामन्त्री गगन थापा जिम्मेवार भएको राजनैतिक विश्लेषकहरू बताउछन । उनले हाल माेहन बस्नेतलाइ स्वास्थ्यमा राेक्न सक्नेजती सड्यन्त्र गरेकाे कांग्रेस निकट श्राेत बताउँछ ।

पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस महामन्त्रीको कारण सरकार विस्तारमा “ब्रेक” लागेको नेपाली कांग्रेसको नेतृत्व तहमा चर्चाको विषय भएको छ । कांग्रेस संसदीय दलमा शेखर कोइराला समूहबाट सभापति शेरबहादुर देउवासंग लडेका महामन्त्री गगन थापा समयानुकूल समूह परीवर्तन गरेर शक्ति आर्जन गर्न माहीर नेताका रूपमा चिनिन्छन ।

पार्टीको १३ औं महाधिवेसनमा सभापति उम्मेदवार कृष्ण सिटौला समूहबाट महामन्त्री लडेर पराजित भएका थापाले १४ औँ महाधिवेसनमा डा शेखर कोइराला नेतृत्वको समूहबाट महामन्त्री लडेर चुनाव जितेका थिए । पार्टीको १५ औं महाधिवेसनको तयारीको रूपमा भने पुर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले कोइराला समूह त्यागेर वर्तमान उपसभापति पूर्ण बहादुर खड्कासंग समन्वय गरेर अगाडी बढ्ने संकेत गरेका छन् ।

विगत केही महीना देखि बागमतीका कांग्रेस नेता इन्द्र बानियाँको पहलमा थापा र खड्काको निरन्तर छलफल भैरहेको कांग्रेस श्रोत बताउँछ ।

वर्तमान प्रधामन्त्री प्रचण्डले एमाले संगको गठबन्धन तोडेर कांग्रेससंग सहकार्य गर्ने पार्टीले पहल शुरु गर्दा देखिनै महामन्त्री थापाले आफु नयाँ सरकारको अर्थमन्त्री हुने दावी सभापति देउवासँग पेश गर्दै आइरहेका थिए ।

उपसभापति खड्काको समेत दबाबले सभापति देउवा केही सकारात्मक रहेतापनि देउवा पत्नी आरजु देउवाको अडानको कारण सभापति देउवाले थापालाई स्वास्थ्यमन्त्री बन्ने भए आफु सकारात्मक रहेको संकेत दिए, जुन स्वीकार्न थापालाई मुस्किल पर्यो। यता डा. शेखर कोइरालाको समूहलाई सभापति देउवाले २ जना मन्त्री भाग लगाएकोमा कोइराला सकारात्मक रहेतापनि महामन्त्री थापा आत्तिएर तीनजना मन्त्री दिए मात्र सरकारमा जाने अडान लिन कोइरालालाई दबाब दिए ।

महामन्त्री थापाले स्वास्थ्यमन्त्रीको रूपमा युवा नेता प्रदीप पौडेलको नाम अगाडी सारेता पनि उनको भित्रि आसय भनेको कि आफैं अर्थमन्त्री बन्ने, त्यो सम्भव नदेखिएको हुँदा आफ्ना ससुरा अर्जुन नरसिंह के.सी. लाई स्वास्थ्यमन्त्री बनाउने रहेको कांग्रेसको भित्रि सूत्र बताउँछ । “प्रदीपलाई कुनै हालतमा शेरबहादुर देउवाले मंत्री दिदैनन् भन्ने गगनले बुझेर नै उनले प्रदीपको नाम अगाडी सारेका हुन्, उनको आसय त स्वास्थ्य मन्त्रालय आफ्नो मुठ्ठीमा राख्नु हो” बालुवाटार नजिकको शूत्र बताउँछ ।

यसविच शनिवार काठमाण्डौमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको कार्यक्रममा आम कार्यकर्ताले अवसरवादीहरूबाट जोगिनु पर्ने र आफु अवसरवादीहरूबाट सावधान भैसकेको” अभिव्यक्ति दिनुलाई पनि केही दिन अगाडीको स्वर्णिम वाग्लेको पलायन र आफ्नो समूहका गगन थापाको क्रियाकलाप प्रतिको संकेतको रूपमा लिईएको छ ।

महामन्त्री थापाले केही दिन अगाडी कांग्रेस सम्बद्द एक बुद्दिजीवीसंग ” दाई सट्टा भएन भने केही हुन्न, पार्टीको सत्ता प्राप्त भयो अब देशको सत्तासंग जोडिन पनि मलाई मन्त्री त चाहियो नि” भन्ने भनाई कांग्रेस वृत्तमा अहिले चर्चामा छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ