ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं । ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । तर, मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
हेलिकप्टर डाक्टर लिएर बिरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पताल गएको बेला दुर्घटना भएको हो ।
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पङ्खा खुस्किएको बताइएको छ ।
हेलिकप्टरको पङ्खा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट
तपाईको प्रतिक्रिया दिनुहोस