देउराली क्लबका पूर्व अध्यक्ष प्रधानको स्मृतिमा बृहत्त रक्तदान कार्यक्रम

काठमाडौं । बानेश्वरस्थित देउराली क्लबका पूर्व अध्यक्ष स्व. लिलाप्रसाद प्रधानको स्मृतिमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
देउराली क्लबको ४५ औं वार्षिकोत्सवको अवसर समेत पारेर क्लबका पूर्व अध्यक्ष स्व. लिलाप्रसाद प्रधानको स्मृतिमा बृहत्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा रहेको उक्त क्लबले वर्षेपिच्छे रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसपटक पनि क्लबले बृहत्त रक्तदान सम्पन्न गरेको हो ।
देउराली क्लबका अनुसार करिब २ सय व्यक्तिले रक्तदान गरेका छन् ।
क्याटेगोरी : समाचारट्याग : #देउराली क्लब
तपाईको प्रतिक्रिया दिनुहोस