ट्रान्स जेन्डरले सेनेटरी प्याड किन्न जाँदा केटा आयो भन्छन्, सार्वजनिक सेवाको समस्या त भनि साध्य छैन


काठमाडौं । देशमा यौनिक अल्पसंख्यकको संख्या कुल जनसंख्याको १० प्रतिशत भएको अनुमान गरेको थियो । सोही अनुसार यससँग सम्बन्धित सस्थाहरुले नेपालमा ३ लाख बढी यौनिक अल्पसंख्यक भएको बताउँदै आएका छन् । तर, हालै सम्पन्न जनगणनाले ३० हजारको अगाडी पछाडी यौनिक अल्पसंख्यक रहेको पाइएको छ । जे होस् एकै जना भएपनि समस्या–समस्या नै हो । जुन निकै गंभिर र सोचनिय छ ।

सरकार र यौनिक अल्पसंख्यक क्षेत्रमा काम गर्ने कयौं अधिकारबादी सस्थाहरु छन् । तर, ट्रान्स जेन्डरले भोगेको समस्या कसैले उठाएको देखिदैन । उनिहरुको समस्यालाई संघ सस्थाहरुले मागिखाने भाडाे मात्रै बनाएको धेरैको बुझाई छ ।

केहि समय अगाडी राजधानीको एउटा अलिसान होटलमा महिला स्वास्थ्य सम्मेलनको आयोजना भएको थियो । उक्त सम्मेलनलाई नेपालमा पहिलो पटक भएको बताइएको छ । सम्मेलनमा प्यानलिष्टहरु नआएपछि हतारमा तयार गरिएको एउटा यस्तो सेसन बन्यो जसले सबैलाई स्तब्ध बनायो ।

एक जना ट्रान्स जेन्डर महिलालाई प्यानलमा वक्ताको रुपमा खोजेर ल्याइएको थियो । पहिलो पटक सार्वजनिक रुपमा बोल्दै गर्दा जीवन मगर नाम बताउँने उनले आफुले भोगेका कुरा छोटोमा व्यक्त गरे । भक्कानिएर २ मिनेट पनि बोल्न नसकेका उनले समस्यै समस्याका चाँङ सुनाएर गए । उनको आँखाबाट झेरेको आँशुले ट्रान्स जेन्डरलाई समाजमा खुल्न औधि समस्या भएको प्रस्टै हुन्छ ।

ट्रान्स जेन्डरले सेनेटरी प्याड किन्न समेत समस्या भएको मगर बताउँछन् । ‘म ट्रान्स जेन्डर महिला हुँ । महिनावारी भएको समयमा सेनेटरी प्याड किन्न पसलमा जान्छु, मगरले भने,” “पसलेले केटा आयो भनेर फरक व्यवहार गर्छन् । सिर देखि पाउँ सम्म हेर्छन् प्याड दिन निकै हिचकिचाउँछन् ।” ट्रान्स जेन्डरहरुमा सार्वजनिक सेवाको समस्या त भनि साध्य छैन ।

जीवन मगरले बताए अनुसार यो समुदायलाई प्याड पाउँनै मुस्किल छ । अपमानित छन् । पहिचान खुलाउँन समस्या । उनले भने हामीले सेनिटरी प्याड किन्न जाँदा समेत अपमानित हुनु परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ