परिषदले आगामी दिनमा नसर्ने रोग र मानसिक स्वास्थ्यमा थप अध्ययन गर्नु आवश्यक छ : डा.पाण्डे


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका मानार्थ अध्यक्ष प्रा.डा.मृगेन्द्र राज पाण्डेले अनुसन्धानसँग सम्बन्धी थप काम गर्न बाँकी रहेको बताएका छन् ।

परिषदको आजबाट सुरु भएको ९ औं शिखर सम्मेलनमा उनले परिषदले हालसम्म विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्दै आएपनि आगामी दिनमा थप ५ विधामा अध्ययन अनुसन्धानको काम गर्नुपर्ने सुझाव दिए ।

उनले परिषदले कोरोना महामारीको बेला गरेको अध्ययन र अुसन्धान उदाहरणीय भएपनि आगामी दिनमा कोभिड १९ र यसका प्रभावबारे अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।

उनले नेपालमा पछिल्लो समय नसर्ने रोग तथा मानिसक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकाले यस तर्फपनि परिषदले थप अनुसन्धान गर्न आवश्यक रहेको उल्लेख गरे ।

साथै जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी अध्ययन, काम गर्नका लागि राम्रो भवनको आवश्यकता र राज्यले त्यसका लागि विशेष ध्यान दिनुपर्ने डा.पाण्डेको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ