बढ्याे काेराेना

तीन महिना पछि एक जनाकाे मृत्यु, कतै छैन मापदण्ड पालना


काठमाडौं। काेराेना भाइरसले विस्तारै बिर्सदै गएका नेपालीलाई पुन: सम्झाउन थालेकाे छ । सङ्क्रमण बढेसँगै मृत्यु समेत सुरु भएको छ ।

मङ्गलवार एक जनाकाे काेराेनाका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।

गत २३ पुहमा एक जनाकाे काेराेनाबाट मृत्यु भएको उनले बताए । त्यस यता विस्तारै घटिरहेकाे सङ्क्रमण विगत एक हप्तादेखि बढेकाे छ । सरकार काेराेना प्रति पुरै अनभिज्ञ छ । नागरिकहरूले स्वास्थ्यका कुनै मापदण्ड पालना गरेका छैनन् । काेराेनामा नागरिक र सरकारले देखाएको हेलचेक्राइले गर्दा जाेखिम पुन: बढेकाे छ ।

मङ्गलवर वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको उपचारको क्रममा  मृत्यु भएको डा अधिकारीले बताए ।

यसैबीच गत २४ घन्टामा देशभर थप १ सय ६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमुनामध्ये ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९ सय ६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १ सय ६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो समय भारतका विभिन्न क्षेत्रमा कोरोना सङ्क्रमणले तिव्रता पाउन थालेको छ । भारतमा कोरोनाको दर बढेको ३ देखि ४ साताको अन्तरालमा नेपालमा पनि कोरोना सङ्क्रमणले तिव्रता पाउन थालेको पछिल्लो तथ्याङ्कहरूले देखाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ