स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय सम्मेलन सकियो, के-के छन् सात बुँदे घोषणापत्रमा ?

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय सम्मेलन सकिएको छ ।
मङ्गलवार र बुधवार गरी दुई दिनसम्म काठमाडौंमा आयोजना गरिएको सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ९ औं शिखर सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा छलफल र बहसहरू गरिएको थियो ।
सम्मेलनले जारी गरेको घोषणा पत्रमा राज्यका सबै तहमा अनुसन्धानकर्ता, निती निर्माता तथा कार्यक्रम व्यवस्थापकहरूबीच मजबुत सम्बन्धको विकास गर्दै तथ्य मा आधारित प्रमाणलाई निती तथा कार्यक्रममा प्रयोग गर्ने संयन्त्रको बढावा दिँदै संस्थागत सुदृढिकरण गर्ने उल्लेख गरिएको छ ।
यस्तै, उच्च गुणस्तरको स्वास्थ्य निती र प्रणालिगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरूबीचको आवश्यक सहकार्यलाई मजबुत एवं प्रवर्द्धन गर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
स्वास्थ्यका बृहत्तर निर्धारकहरूलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपायहरू पहिचान गर्न बहुक्षेत्रीय सरोकरवालाहरू बिचको समन्वय, सहकार्यर साझेदारीलाई सुधिकरण गर्ने, स्वास्थ्य प्रणालिका समस्याहरूलाई नविनतम समाधान प्रदान गर्ने नव प्रवर्तनमुखी अनुसन्धानलाई मूलयाङ्कन प्रवर्द्धन र बृहत्तर कार्यन्वन्का लागि संयन्त्र विकास एवं संस्थागत गर्ने घोषणा पत्रमा समावेश गरिएको छ ।
जनतालाई वित्तिय जोखिमबाट बचाउँदै स्वास्थ्यमा विश्वव्यापी पहुँच तर्फ प्रगतिशिल उपलब्धी हासिल गर्दै, समतामुलक पहुचलाई सहजिकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवर्धन गर्ने, प्रमाणको आधारमा निती तथा कार्यक्रम निर्माणको व्यवस्थित संयन्त्र स्थापित गर्न यस अघिका सम्मेलन तथा त्यसका घोषणाहरूको समिक्षा तथा विश्लेषण गर्ने विषय पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचारट्याग : #नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
तपाईको प्रतिक्रिया दिनुहोस