कांग्रेसबाट स्वास्थ्यसहित यी मन्त्री बन्न सक्छन् !


काठमाडौं । नेपाली कांग्रेसबाट स्वास्थ्यसहित ४ मन्त्री सरकारमा पठाउने तयारी गरेको छ । कांग्रेसभित्रको गुटगत विवादका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले  एकदुई दिनभित्रै ४ मन्त्री र राज्यमन्त्री पठाउने तयारी गरेका छन् ।

कांग्रेस सभापति देउवा निकट स्रोतका अनुसार मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाएर निश्चित जस्तै भएको छ ।  एनपी साउद परराष्ट्रमन्त्री र धनराज गुरुङ कानुनमन्त्री बन्ने निश्चित जस्तै भएको उक्त स्रोतले बतायो । कानुनमन्त्रीको चर्चामा रहेका डिकबहादुर लिम्बु वन तथा वातावरणमन्त्री बनाउने तयारी छ । राष्ट्रपति समेत रहेका रामचन्द्र पौडेलक नातेदार सुरेन्द्र आर्चाय शहरी राज्यमन्त्री बनाएर कांग्रेसभित्र कुरा मिलाउन देउवाको प्रस्ताव छ । देउवाले शुक्रबारभित्रै मन्त्रीको नाम पठाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आश्वासन दिएका छन् ।

सुरेन्द्रलाई अगाडि बढाएपछि प्रदीपलाई स्वास्थ्यमन्त्री बनाउन लागेका महामन्त्रीद्वय गगन-विश्व समूह धर्म संकटमा परेको छ । नेपालमा कोरोना महामारी बढ्न थालेपछि प्रधानमन्त्री दाहाल जसरी पनि स्वास्थ्यमन्त्री बनाउने पक्षमा उभिएका छन् । यसमा देउवा र दाहालको स्वार्थ मिलेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ