१५ औं योजनामा स्वास्थ्य क्षेत्रमा तोकिएका सूचक प्राप्त गर्न चुनौती


काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६० औं वार्षिक प्रतिवेदन राष्ट्रिपति समक्ष पेश गरेको छ । जसमा मुलुकको हरेक क्षेत्रको अवस्थालाई स्पष्ट खुलाइएको छ ।

महालेखाको प्रतिवेदनमा स्वास्थ्य क्षेत्रका वेथितिलाई फेरि पनि उदाङ्गो बनाइदिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका वेथितिका कारण मुलुकको स्वास्थ्य प्रणाली कुन दिशामा जाँदैछ भनेर महालेखाको प्रतिवेदनबाट प्रष्ट देख्न सकिन्छ ।

महालेखाको प्रतिवेदनमा स्वास्थ्यका विभिन्न क्षेत्रमा भएका अनियमितता प्रष्ट उल्लेख गरिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार सरकारले लिएको लक्ष्य अनुसार मातृ मृत्युदर, ५ वर्ष मुनिको बाल मृत्युदर, ५ वर्ष मुनिको कम तौल भएका बालबालिका, नवजात शिशु मृत्युदर, परिवार नियोजनाको आधुनिक साधन प्रयोग गर्ने दर, भिटामिन ‘ए’ प्राप्त गर्ने गर्भवती महिलाको अवस्थामा सुधार भएको देखिँदैन ।

यस्तै तोकिए बमोजिमका सबै खोप लगाउने बच्चाहरू, हात्तिपाइने रोगको रोकथाम दर, कालाजार सङ्क्रमण भएको सङ्ख्या र स्वास्थ्य बीमामा आवद्ध जनसङ्ख्या सूचकमा पनि लक्ष्य अनुसारको प्रगति नभएको महालेखको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै दिगो विकास लक्ष्य अन्तर्गत सबै उमेर समूहका व्यक्तिको स्वास्थ्य जीवन सुनिश्चित गरी समृद्ध जीवन प्रवद्र्धन गर्न सन् २०२२ सम्म मातृ मृत्यु अनुपात प्रति एक लाखमा १ सय १६ भन्दा कम गर्ने उल्लेख भएकोमा यो वर्षसम्म १ सय ५१ रहेको छ ।

नवजात शिशु मृत्यु प्रतिहजार जीवित जन्ममा १६ र ५ वर्ष मुनिको बाल मृत्यु प्रतिहजार जीवित जन्ममा २७ मा सीमित गर्ने लक्ष्य भएकोमा त्यो क्रमशः २१ र ३३ रहेको प्रतिवेदनमा भनिएको छ ।

यस्तै क्षयरोग प्रतिलाख जनसङ्ख्यामा ६७ मा झार्ने लक्ष्य रहेकोमा १ सय २९ पुगेको छ, १५ देखि ४९ वर्षसम्मको नयाँ एच.आई.भी. सङ्क्रमित प्रतिहजारमा ०.०१८ प्रतिशत लक्ष्य तोकिएकोमा ०.०१४ पुगेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार आत्महत्याबाट मृत्यु हुने दर प्रति एक लाख जनसङ्ख्यामा ९ लक्ष्य रहेकोमा २३ पुगेको छ ।

१५ औं योजनामा स्वास्थ्य क्षेत्रमा तोकिएका सूचकमध्ये प्राप्त विवरण अनुसार प्रमुख सूचकको परिणात्मक लक्ष्य र प्रगति:

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ