जीपी कोइराला श्वासप्रश्वासले वैद्यखानाको साढे २२ लाख भाडा तिरेन


काठमाडौं । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले सिंहदरबार वैद्यखानाको झन्डै साढे २२ लाख भाडा तिरेको छैन । केन्द्रले २०७५ असारदेखि २०७९ फागुनसम्मको भाडा २२ लाख ४० हजार नतिरेको पाइएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार सिंहदरबार वैद्यखानाको भवन भाडामा लिएर जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले झन्डै ५ वर्षदेखि भाडा नतिरेको हो ।  मासिक ४० हजार रुपैयाँ भाडा तिर्ने गरी वैद्यखाना परिषद्भित्र नवर्निमित ५ तले भवन भाडामा लिएको केन्द्रले भाडा नतिरेको महालेखाले जनाएको छ । महालेखाका अनुसार केन्द्रले उक्त भवन न उपयोग गरेको छ न त भाडा नै दिएको छ ।

१२ करोड १२ लाख १७ हजार रुपैया खर्च गरी निर्माण गरेको उक्त भवन वैद्यखानाले केन्द्रलाई भाडामा दिएको थियो । आफूलाई आवश्यक नपर्ने भवन निर्माण गरेर वैद्यखानाले कमिसनको चक्करमा लागेको त्यसैबेला चर्चा थियो । अहिले नउठ्ने भाडामा दिएको भवन अलपत्र अवस्थामा रहेको पाइन्छ ।

केन्द्रसँग २० लाख ४० हजार रुपैयाँ भाडा बक्यौता असुल गरी आफ्नो उपयोगमा नआउने भवनको आय-आर्जन हुने गरी बैकल्पिक व्यवस्था गर्न महालेखाले सुझाव दिएको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ