सरकारले ३४ जना विशेषज्ञ चिकित्सकलाई खटाउन सकेन


काठमाडौं । सरकारले ३४ जना विशेषज्ञ चिकित्सकलाई परिचालन गर्न नसकेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार १ सय ५५ जनामध्ये १ सय २१ जना विशेषज्ञ चिकित्सकलाई मात्रै सरकारले परिचालन गरेको हो । बाँकी ३४ जना खटाउन बाँकी नै रहेका छन् ।

चिकित्सा शास्त्र छात्रवृत्ति छनौट परिचालन कार्यविधि, २०७२ को बुँदा १५ मा विशेषज्ञ परिचालन गर्न सकिने व्यवस्था छ । जसमा एम.डी.एम.एस. र एम.डी.एस. तहका चिकित्सकहरू रहेका छन् ।

चिकित्सक मागसम्बन्धी अस्पतालको पत्रानुसार डडेलधुरा अस्पतालमा १६, गोरखा अस्पतालमा ३, बझाङ जिल्ला अस्पतालमा ६ जना चिकित्सकको दरबन्दी अझै रिक्त रहेको छ ।

माग अनुसार चिकित्सक उपलब्ध हुन नसकेको र खटाएको अस्पतालमा जान नचाहने प्रवृत्ति देखिएकाले विशेषज्ञ चिकित्सकको अभाव हुन गई अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ