डमि हेल्थ डेस्क खडा गर्ने बजेट अरु सामान खरिदमा खर्च


काठमाडौं । सरकारले डमि हेल्थ डेस्क खडा गर्नका लागि छुट्याएको बजेट अरु सामान खरिदमा खर्च गरेको छ ।

काेभिड नियन्त्रणमा जनतालाई सुरक्षा मापदण्ड र नाकामा स्वास्थ्य परीक्षणकाे कुरा गरेर सरकारले भ्रममा राखेकाे देखिएकाे हो ।

महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय नाकामा कोभिड १९ का लागि हेल्थ डेस्क स्थापना तथा सञ्चालन गर्न २ करोड ३५ लाख बजेट व्यवस्था भएकोमा सो रकम अन्तै रकमान्तर भएको देखिएको छ ।

चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय नाकामा कोभिड १९ का लागि हेल्थ डेस्क स्थापना तथा सञ्चालन गर्न २ करोड ३५ लाख बजेट व्यवस्था भएकोमा सो कार्य नगरी कार्यक्रम संशोधन तथा रकमान्तरबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि आवश्यक केमिकल तथा रिएजेन्ट खरिद गर्न उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ