अनुदानको २० कराेड सप्लायर्सलाई भुक्तानी, तर हिसाब छैन


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुदानमा आएकाे करिब २० कराेड रुपैयाँको कुनै हिसाब देखाएकाे छैन । उक्त रकम भवन निर्माण र स्वास्थ्य उपकरणको लागि साेझै सप्लायर्सलाई भुक्तानी गरेकाे पाईएकाे हाे ।

मन्त्रालयले एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममा जर्मन सरकारको सहयोग अन्तर्गत केएफडब्लूबाट सोझै भुक्तानी हुने अनुदान तर्फकाे १९ करोड ९५ लाख ९३ हजार रुपैयाँ खर्च भएको तर त्यसकाे हिसाब नभएको पाइएको हाे ।

विवरण अनुसार उक्त रकम ३ निर्माण व्यवसायी र २ आपूर्तकलाई स्वास्थ्य संस्थाको भवन निर्माण र मेडिकल सामग्री खरिदमा भुक्तानी गरेको जनाएकाे छ । कुनै हिसाब नहुँदा ठूलाे आर्थिक अनियमितता भएको सहज अनुमान लगाउन सकिन्छ ।

आर्थिक कार्यविधि  तथा वित्तिय उत्तरदायित्त्व ऐन, २०७६ को दफा ३५ मा सबै कारोबारको लेखा र वित्तिय विवरण पेश गरी लेखा परीक्षण गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रालयले सोझै रकम भुक्तानी गरेर लेखा परीक्षण गराएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ