मधेश सरकारले साढे २४ करोडको अनावश्यक ल्याब सामग्री खरिद गर्‍यो


काठमाडौं ।मधेश सरकारले साढे २४ करोडको अनावश्यक ल्याब सामग्री खरिद गरेको तथ्य सार्वजनिक भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कमिसनको चक्करमा अनावश्यक रूपमा खरिद गरेको १४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गरेको फेला परेको हो ।

विशेष पस्थिति देखाउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ६४ स्थानीय तहका लागि उक्त ल्याब सामग्री खरिद गरेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्षको अन्त्यमा खरिद गरेको ल्याब सामग्री प्रयोगबिहीन अवस्थामा रहेको पाइएको छ ।

विशेष परिस्थिति देखाएर अनावश्यक सामग्री खरिद गर्नु भ्रष्टाचारजन्य कसुर हो ।

त्यस्तै प्रदेश स्वास्थ्य आपूर्ति केहले १६ लाख ४३ हजारका ५ हजार ८९६ किलोग्राम पौष्टिक आहार म्याद गुज्रेको खरिद गरेको पाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ