भक्तपुर क्यान्सर अस्पतालमा समस्या नै समस्या


काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा समस्या नै समस्या देखिएको छ । महालेखा परीक्षकको कार्यालयको साठिऔं प्रतिवेदनले भक्तपुर क्यान्सर अस्पतालमा समस्या नै समस्या देखाएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी व्यवस्थापनदेखि मेसिनरी औजार खरिदसम्म समस्या देखा परेको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा विकास समिति गठन आदेशविपरीत ४० कर्मचारी करारमा नियुक्ति गरेको छ । गठन आदेशमा अर्थ मन्त्रालयको सहमति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिबेगर कर्मचारी भर्ना गर्न नपाइने व्यवस्था छ । तर, अस्पतालले गैरकानुनी रूपमा करारमा कर्मचारी नियुक्ति गरेको हो ।

भक्तपुर क्यान्सर अस्पतालको नाममा अझै पनि सम्पत्ति सर्न नसकेको महालेखाले औँल्याएको छ ।

अस्पताललाई मेसिनरी तथा औजार खरिद गर्न १ करोड ८९ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा अहिलेसम्म सामान किनेको छैन । उपकरण अभाव हुँदा सेवामा असर परेको महालेखाले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ