सेवा प्रवाहमा चुकेका सरकारी अस्पताल


काठमाडौं । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको साठिऔं वार्षिक प्रतिवेदनमा सरकारी अस्पतालको उस्तै समस्या देखाएको छ । त्यो हो सेवा प्रवाह ।

नेपालका अधिकांश सरकारी अस्पतालहरु सेवा प्रवाहमा चुकेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । कुनै अस्पतालमा जनशक्ति त कुनै अस्पतालमा उपकरण र पूर्वाधार नहुँदा सरकारी अस्पतालहरु सेवा प्रवाहमा चुकेका छन् ।

मुलुको सबैभन्दा पुरानो वीर अस्पतालदेखि सिभिल अस्पतालसम्म सेवा प्रवाहमा चुकेका छन् । सर्वसुलभ, भरपर्दो र विपन्न वर्गको पहुँचमा रहेका यस्ता अस्पताल नै सेवा प्रवाहमा चुक्दा जनताले सास्ती भोग्नु परेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी क्यान्सर अस्पताल, परोपकार प्रसूति, कान्ति बाल, शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पतालजस्ता प्राय अस्पतालहरू सेवा प्रवाहमा कमजाेर साबित भएका छन् । यसले नेपालका सरकारी अस्पताल कुन हालतमा चलिरहेका छन् भन्ने स्पष्ट पारेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ