नेपालका बालबालिकालाई क्यान्सरको औषधि नि:शुल्क !


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा नेपालका बालबालिकालाई क्यान्सरको औषधि नि:शुल्क उपलब्ध गराउने तयारी भएकाे छ । यसका लागि अमेरिकामा एउटा उच्चस्तरीय सम्मेलनकाे आयोजना गरिएको छ ।

ग्लोबल इनिसियटिभ फर चाइल्डहुड क्यान्सर अन्तर्गत अमेरिका स्थित सेन्ट जुड ग्लोबल र युनिसेफको सहकार्यमा ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन मार्फत नेपालमा बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निती तथा याेजना शाखाका प्रमुख डा. कृष्ण पाैडेलले बताए ।

उनका अनुसार पहिलो चरणमा नै बालबालिकालाई सहभागी गराउने तयारी भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन दक्षिण पूर्वी एसिया क्षेत्रबाट नेपाललाई पहिलो चरणमा सहभागी गराउने तयारी भइरहेको बताइएको हो ।

मङ्गोलिया उज्वेकिस्तान इक्वेडर जाम्बियासहित विश्वका छ मुलुक पहिलो चरणमा सहभागी हुने पनि सङ्गठनले जनाएको छ । यसले गर्दा खर्चको अभावमा उपचार गर्न कसैले नछोड्ने र पूरा उपचार हुने विश्वास गरिएको छ ।

नेपालमा बर्सेनि ५०० क्यान्सर पीडित बालबालिकाको ज्यान जोगाउन सकिने पनि सङ्गठनले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ