मुलुकले स्वास्थ्यमन्त्री नपाएपनि परराष्ट्रमन्त्रीले खाए सपथ


काठमाडौं । मुलुकले स्वास्थ्यमन्त्री नपाएपनि परराष्ट्रमन्त्रीमा कांग्रेस नेता एनपी साउदले सपथ खाएका छन् । कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय खाली राखेर एनपीलाई परराष्ट्रमन्त्री बनाइएको हो ।

राष्ट्रपति भवन शीतल निवास साउदले परराष्ट्रमन्त्रीको सपथ खाएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीको सपथ खुवाएका हुन् । उक्त समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले पनि प्रधानमन्त्री दाहालले नै राखेका छन् । कांग्रेसभित्रको आन्तरिक कारणले मुलुकले फेरि पनि स्वास्थ्यमन्त्री पाउन नसकेको हो । स्वास्थ्य मन्त्रालयलाई उपेक्षा गर्दा महामारीले नेपालीलाई प्रताडित गराउने खतरा देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ