वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
काठमाडौं । सरकारले वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ।
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकसँग आग्रह समेत गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस