फोक्सोमा सङ्क्रमण देखिए पछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुनः त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

फोक्सोमा सङ्क्रमण देखिएपछि उनी मङ्गलवार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

लगातार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

अस्पताल प्रशासनका प्रमुक वैकुण्ठ प्रसाद थपलियाले राष्ट्रपति पौडेलको उपचार हाल जारी रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच र प्रयोगशाला परीक्षणको रिपोर्ट हेरेर मात्रै थप निर्णय लिने बताइएको छ ।

राष्ट्रपति पौडेलको निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम लगायतको टोली उपचारमा संलग्न छन् ।

उनको स्वास्थ्यमा समस्या आएपछि सोमवार आवश्यक परीक्षण गरिएको थियो । सोमवार गरिएको भिडियो एक्स रेमा पौडेलको फोक्सोको झिल्लीमा पानी जमेको देखिएको चिकित्सकहरूले बताएका छन् । पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

यस अघि पेटमा समस्या हुँदा पनि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ