नारायणी अस्पतालका चिकित्सकमाथि बिरामीका आफन्तद्वारा हातपात, एनएमएले भन्यो दोषीमाथि कारवाही होस


काठमाडौं । नारायणी अस्पतालमा कार्यकत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.तरन्नुम अफरोजमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

वैशाख ३ गते राति २०ः४५ बजे नारायणी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक डा. अफरोजमाथि बिरामीको शल्यक्रिया पश्चात ड्युटी मै रहेको अवस्थामा बिरामीको आफन्तहरूद्वारा हातपात गरिएको हो ।

ड्युटीमा रहेका चिकित्सकमाथि भएको आक्रमणको घटनाप्रति नेपाल चिकित्सक सङ्घले भने भत्र्सना गरेको छ ।

सङ्घका महासचिव डा.सन्जिव तिवारीले चिकित्सक अफरोजमाथि कपोकल्पित आक्षेपको साथसाथै गालिगलौज तथा साङ्घातिक आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बिरामीको उपचारका क्रममा मृत्यु हुने घटनालाई अतिरञ्जित गरी लापरवाहीका कारण भनि स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सकमाथि नै साङ्घातिक आक्रमण गर्ने जस्ता घटनाको जति भत्सर्ना गरे पनि कमै हुने महासचिव डा.तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनामा संलग्न दोषीहरूलाई अविलम्ब छानविन गरी कारबाही गर्न पनि माग गरिएको छ ।

अस्वभाविक घटनाका सम्बन्धमा नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कानुनी कारवाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि सङ्घले माग गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ