चीनको राजधानी वेइजिङ्गस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु
एजेन्सी । चीनको राजधानी वेइजिङ्गस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
मङ्गलवार दिउँसो विद्युतिय तारमा सर्टसर्किट भएर आगलागी भएपछि अस्पतालबाट ७१ जनाको सकुशल उद्दार गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार वेइजिङ्गको फेङ्गताई जिल्लाको चाङफेङ अस्पतालमा आगलागी भएको थियो ।
आगालगी भएपछि अस्पतालमा रहेका कतिपय व्यक्तिहरूले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको प्रतिक्रिया दिनुहोस