देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । सरकारले आज र भाेली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
सरकारले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५ बर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकसँग आग्रह समेत गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस