राष्ट्रपति पौडेल थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान
काठमाडौन । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
श्री एयरलाईन्सको विमानबाट उनी आज बिहान मात्रै दिल्लीका लागि प्रस्थान गरेका हुन् ।
उनको अल इण्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुने बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकहरूबीच परामर्श हुँंदा उनलाई उपचारका लागि त्यहीँं जान उपयुक्त हुने राय आएपछि एम्स अस्पताल लगिएको चिकित्सकहरूले बताएका छन् ।
फोक्सोमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेललाई मङ्गलवार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस