कोभिड व्यवस्थापनको पुरस्कार

डा आरपी बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त


काठमाडौं । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले बिच्छालाई योजना आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।

डा बिच्छाले कोरोना महामारीको समयमा उल्लेख्य काम गरेका थिए । तीन महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक भएका बिच्छाले खोपको व्यवस्थापन चुस्त र तिब्र गतिमा गरेका थिए । उनले गरेको कामको मुल्यांकन गर्दै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको ०७८ कात्तिक ८ गतेको मन्त्रीपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकार विशिष्ट श्रेणीको रुपमा नियुक्त गरेको थियो ।

भाग्यमानी बिच्छाले ०७८ कात्तिक ७ गते अनिवार्य अवकाश पाएका थिए । तर, सरकारले उनको सेवा अवधि तीन वर्ष थप गर्दै ८ गतेबाट सेवामा निरन्तरता दिएको थियो ।

जनस्वास्थ्य विज्ञ सल्लाहकार हुदा पनि बिच्छाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय बिचको लामो दुरीलाई छोट्याउने काम गरेका थिए । प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारका रुपमा बिच्छाले आफ्नो जिम्मेवारी कुसलतापूर्वक निभाएको प्रधानमन्त्री कार्यालय र स्वास्थ्यका अधिकारीहरु बताउँछन् । तर, उनको राम्रो नचाहनेहरुले भने राम्रै गरेपनि बिरोधका स्वर ठाउँ ठाउँमा सुनाइरहेका हुन्छन् । यही पुरस्कार स्वरुप उनलाई पुष्पकमल दाहालले योजना आयोगको सदस्य बनाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ