प्रदुषण नियन्त्रणलाई प्राथमिकतामा राखेको बालेनको भनाइ


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले प्रदुषण नियन्त्रणलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल प्रहरीलाई ६ करोड रुपैयाँको सिसिटिभी जडान र सञ्चालनका लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउँदै बालेनले यस्तो जनाएका हुन् ।

उनले महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको जनाएका छन् । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन आफ्नो प्राथमिकतामा रहेको बालेनको भनाइ छ ।

‘चुनाब पहिले मैले भनेको थिए चोक चोकमा CCTV हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौं ।’, उनले लेखेका छन् ।  यो सुरुवात मात्र भएको र आफूहरूले भविष्यमा अझै धेरै सहकार्य गर्ने बालेनको प्रतिक्रिया छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ