महानगरले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउनू पर्ने


काठमाडौं । सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउनू पर्ने भएको छ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह संकटमा परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमनसिंह राउतको  एकल इजलासले काठमाडौं महानगरपालिकालाई ३ दिनभित्र फोहोर उठाउन आदेश दिएको हो ।

बालेन्द्रले आफूलाई संघीय सरकारले असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनको घोषणासँगै सिंहदरबारको फोहोर उठ्न छाडेको थियो । अब भने सिंहदरबारको फोहोर उठाउनु पर्ने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ