गण्डकीका स्वास्थ्यमन्त्री गुरूङ पदमुक्त


काठमाडौं । गण्डकी प्रदेशका समाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै स्वास्थ्यमन्त्री गुरूङको पद चैट भएको हो ।

गत पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका अधिकारी सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिन बाध्य भएका थिए । उनले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिँदा प्राप्त गर्न सकेनन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले ३१ मत प्राप्त गरेमात्र सरकार जोगिने थियो । तर, उनले २४ मत मात्र प्राप्त गर्दा सरकार ढलेको छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएर सरकार ढलेसँगै  राप्रपाबाट स्वास्थ्यमन्त्री बनेका गुरुङ स्वत: पदमुक्त भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ