काठमाडौं जिल्ला बारले गर्‍यो वकीलहरूलाई प्राथमिक उपचारको व्यवस्था


काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले कानुन व्यवसायी (वकील)हरूलाई प्राथमिक उपचारको व्यवस्था गरेको छ ।

जिल्ला बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार बारले पहिलोपटक वकीलहरुलाई प्राथमिक उपचार (frist Aid) सम्बन्धी व्यवस्था गरेको हो । वकीलहरुलाई तत्काल समस्या परे जिल्ला बारले प्राथमिक उपचार गर्ने प्रबन्ध मिलाएको छ ।

वकीलहरुको स्वास्थ्य परीक्षण गरेर नयाँ कार्यक्रम ल्याएको जिल्ला बारले प्राथमिक उपचार गर्ने व्यवस्था मिलाएर नयाँ सन्देश दिएको छ । यो कुरा अन्य बारले पनि अनुसरण गर्न जरुरी छ । अब वकीलहरुलाई प्राथमिक उपचारको आवश्यक परे जिल्ला बारमा सम्पर्क गर्न सकिन्छ ।

प्राथमिक उपचारमा आवश्यक पर्ने सामग्रीहरूको व्यवस्था अधिवक्ता दिव्यराज घिमिरेले गरेको उपाध्यक्ष अधिकारीले जानकारी दिए । । त्यसमा भएका सामग्री सकिएपश्चात् पुन: घिमिरेले नै राखिदिने व्यवस्था मिलाइएको उनको भनाइ छ । वकीलहरूलाई आकस्मिक समस्या पर्दा सामान्य उपचार गर्ने औषधिसहितको फर्स्ट एड बक्स राखिएको उपाध्यक्ष अधिकारीले बताए ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं जिल्ला अदालत बार एशोसिएसन, #प्राथमिक उपचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ